मोरङ : मोरङको बूढीगंगा गाउँपालिका–४ पशुपति टोलमा शुक्रबार दिउँसो सवारी दुर्घटनामा ५ वर्षीय बालकको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ गइरहेको प्र–१–०२–००२ च ४६६५ नम्बरको पिकअपले सडक पार गर्दै गरेका शम्भु पौडेललाई ठक्कर दिएको थियो ।
दिउँसो करिब ४ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्काल विराट शिक्षण अस्पताल लगिएकोमा केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालक सुनसरीको दुहबी नगरपालिका–११ का २७ वर्षीय दीपनारायण ऋषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post