झापाकोअर्जुनधारा नगरपालिका भएर बग्ने विरिङ र टाङ्टिङ खोलामा आएको बाढीले नगरका विभिन्न स्थानमा भौतिक सम्रचनामा ठुलो क्षती पुर्याएको छ ।
गएको मंगलबार राती मेघगर्जनसहित परेको पानी र हावाका कारण आएको वाढीले नगरका विभिन्न स्थानमा क्षती पुर्याएको बाढीले नगरका बाटा, पुल, विजुलीका पोल, नहर, स्थानीयको घर समेतमा क्षती पुर्याएको नगर प्रमुख हरिकुमार रानाले बताएका छन् ।
बुधवार नगर प्रमुख राना, उपप्रमुख कमला आचार्य खतिवडा विपत समितिका संयोजक लक्ष्मी तामाङसहितको टोलीले वाढीबाट पुर्याएको क्षेत्रको अनुगमन गरेका थिए ।
नगरको वडा २ स्थित गाजाबारीमा ७ वटा विजुलीका पोल ढलेका छन् । भने स्थानीय देवेन्द्र रोक्काको घर रुख ढलेर किचेको बताइएको छ । त्यसैगरी वडा नं १ मा नहर भत्काएको र वडा नं १ र २ का वाटोलगायतमा क्षती पुर्याएको छ ।
आकाशमा गड्याङगडुङ कालो बादल मडारिन थालेपछि त्यस क्षेत्रका बासिन्दा नदीमा आउने बाढीको त्रासले रातभर जागानै बस्ने गरेको स्थानीय मदन वरालले बताएका छन् ।
उनका अनुसार बाँध भत्काई पानी मानव वस्तीसँगै खेतीयोग्य जमिनमा पस्ने र ठुलो क्षति गर्ने चिन्ताले उनीहरु रातभर जागा बस्ने गर्दछन् ।















Discussion about this post