इटहरी : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक आधारभूमि मानिने झापाको दमकमा नयाँ पुस्ताको आक्रोश सडकमा विस्फोट भएपछि अवस्था तनावपूर्ण बनेको छ ।
दमक नगरपालिकाको कार्यालय कब्जा गर्दै उग्र बनेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार नगरपालिका अगाडि आगजनी गर्ने प्रयास, पुत्ला दहन र गेट तोडफोड भएपछि प्रहरी हस्तक्षेप गर्न बाध्य भएको हो ।
जेन जेड पुस्ताका युवाहरूले नगरपालिकाको गेट भत्काउनुका साथै मोटरसाइकलमा आगजनी र सिसी क्यामेरा तोडफोडसमेत गरेका थिए ।
त्यही क्रममा प्रहरीको गोली लागेर कमल गाउँपालिका–५ का कमल भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेर अहिले दमक अस्पतालमा उपचार भइरहेको छ ।
ढुंगामुढा र झडपका कारण केही प्रहरी र आन्दोलनकारी समेत घाइते भएका छन् । हाल दमकको अवस्था नियन्त्रणमा लिन प्रहरीले थप बल प्रयोग गरिरहेको छ ।
पछिल्लो समय सत्ता नेतृत्वको हर्कत र बढ्दो भ्रष्टाचारबीच युवा पुस्तामा चुलिएको असन्तुष्टि बढ्दै गएपछि आज देशभर युवाहरूले आन्दोलन गरेका हुन् ।












Discussion about this post