Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरी प्रशासनले नजरअन्दाज गर्दा रणभूमि बन्यो इटहरी, अस्तायो दुई युवकको सपना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८२
in समाचार
0
सुनसरी प्रशासनले नजरअन्दाज गर्दा रणभूमि बन्यो इटहरी, अस्तायो दुई युवकको सपना
96
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जेन–जी पुस्ताको शान्तिपूर्ण प्रदर्शन प्रशासनको लापरबाही र सुरक्षाकर्मीको ढिलासुस्तीका कारण हिंसात्मक रूप लिँदा उपमहानगरको कार्यालय जल्यो । शहर रणभूमिमा बदलियो र प्रहरीको गोली लागेर दुई युवाले ज्यान गुमाउँदा परिवारको सपना अधुरै टुट्यो।

सोमबार बिहान ११ बजेतिर बाक्लो मात्रामा भेला भएका युवापुस्ताले शान्तिपूर्ण प्रर्दशन गरिरहेका थिए । तर, इटहरी उपमहानगर गेटअघि परिचालन भएका प्रहरी र प्रदर्शनकारीबीच दिउँसो एकापसमा भेला भएका थिए ।

थोरै संख्यामा रहेका प्रहरीलाई नै ढुंगामुढा गर्दै प्रदर्शनकारी पालिकाभित्र प्रवेश गर्न खोजे । प्रहरीले केहीबेर रोक्ने प्रयास गरेपनि थोरै संख्यामा रहेका प्रहरीले भीडलाई नियन्त्रणमा लिन सकेन ।

उपमहानगरभित्र प्रवेश गरिसकेपछि प्रर्दशनकारीले मेयर हेमकर्ण पौडेलको कार्यकक्ष र जिन्सी शाखामा आगजनी गरेका छन् ।

दिउँसो करिब ३ः३० बजेतिर आगजनी हुँदा ठूलो क्षति भएको छ । आगजनीका कारण कागजपत्र, ल्यापटप, कम्प्युटर पूर्ण रुपमा क्षति भएका छन् ।

तत्काल आगजनी नियन्त्रण गर्न कठिनाइ भएपनि साँझमा भने आगो नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी इटहरीको मुख्य चौकमा रहेको प्रतिमा पनि जलाइएको छ । साँझको समयमा उक्त प्रतिमा जलाइएको हो । यसैगरी उपमहानगरको गेटमै रहेको बहुउद्देश्यीय सहकारीको भवन पनि तोडफोड गरिएको छ ।

उपमहानगरमा आगजनी गरेपछि प्रदर्शनकारीहरू इलाका प्रहरी कार्यालयतर्फ गएका थिए । सो क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृतकमध्ये एक युवक इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् । एक युवकको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि चिकित्सकले मृत घोषित गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार ती युवकको घाँटी र छातीमा गोली लागेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रदर्शनलाई नजरअन्दाज गर्दा सो घटना भएको छ ।

‘विद्यार्थीहरूको आन्दोलन भएकै कारण प्रहरी पनि थोरै संख्यामा खटाइनु र प्रदर्शनले उग्ररुप नलिदाँसम्म बेखबरजस्तै बन्नु प्रशासनको नजरअन्दाज हो,’ एक प्रत्यक्षदर्शीले भने, ‘उपमहानगरमा भीड पसेको दुई घण्टासम्म थप सुरक्षाकर्मी परिचालन नगर्नु र आगजनीपछि गोली चलाएर सरकारले नागरिकको हत्या गरेको छ ।’

खासगरी सुनसरी प्रशासनले सुरुमै बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरी भीडलाई संयमित बनाएको भए उक्त घटना नहुने उनले उदृत गरे । प्रहरीले अन्धाधुन्दा गोली चलाउँदा दुई युवकको आँखै अघि निधन भएको उनले उदृत गरे ।

अनिश्चितकालीन कर्फ्यु 

यसैबीच प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र कुमार मिश्रले अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

Tags: #इटहरी#सुनसरीजिल्ला प्रशासन कार्यालयप्रशासन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी...

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो
समाचार

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

by रासस
साउन १६, २०८३
0

झापा : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ ।...

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३
मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

साउन १५, २०८३
सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.