इटहरी : आज नेपाली कांग्रेसका संस्थापक, जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ११२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
पार्टीका नेता तथा कार्यकर्ताले बीपीलाई श्रद्धाञ्जली अर्पण गरे पनि उनको विचार र आदर्श भने कांग्रेसको वर्तमान राजनीति र कार्यशैलीमा ओझेल परेको टिप्पणी हुने गरेको छ।
बीपीले जीवनभर समाजवाद, लोकतन्त्र र राष्ट्रिय एकतालाई पार्टीको मूल मूल्यका रूपमा स्थापित गरेका थिए। तर अहिले पार्टीभित्र आन्तरिक गुटबन्दी, व्यक्तिगत स्वार्थ र सत्तामुखी राजनीति हावी भएको आलोचकहरूको भनाइ छ। बीपीले भनेको लोकतन्त्र जनता केन्द्रित थियो, तर आज कांग्रेसमा नेताकै सत्ता–कुर्सी केन्द्रित लोकतन्त्र मात्र देखिन्छ,
सर्वसाधारणले भने बीपीले देखेको सामाजिक न्याय र समानताको समाज निर्माणको सपना अहिलेको कांग्रेसले कार्यान्वयन गर्न पाएका छैनन्।
बीपीले २०१७ सालमा पहिलो प्रजातान्त्रिक सरकार नेतृत्व गरेका थिए। तर उनको समाजवादी विचारधारा र राजनीतिक आचरणलाई कांग्रेस नेतृत्वले निरन्तरता नदिएको भन्दै आजकै दिन कांग्रेसले आफ्नै संस्थापकको विचार बिर्सिएको टिप्पणी राजनीतिक वृत्तमा सुनिन्छ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि संघर्ष गरेका कोइरालाको २४ भदौ १९७१ मा जन्मिएका थिए ।
भारत निर्वासनमा बीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका हुन् । भारत निर्वासनका क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।
प्रजातन्त्र स्थापना मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।
बीपीको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो ।



















Discussion about this post