विराटनगर : मोरङ प्रशासनले जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश आज पनि निरन्तरता दिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बिहान १० बजेदेखि लागू हुने गरी अर्को आदेश जारी गरेका हुन्।
निषेधाज्ञाअनुसार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म जिल्लाभरका सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला, सभा, जुलुस, धर्ना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको थियो।
त्यसैगरी, बेलुकी ७ बजेदेखि भोलि (शनिबार) बिहान ५ बजेसम्म जिल्लाभर कर्फ्यु आदेश लागु हुने जनाइएको छ।
यस अवधिमा दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मीले प्रयोग गर्ने साधन लगायत अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन तथा मानिसको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइने मोरङ प्रशासनले जनाएको छ।














Discussion about this post