इटहरी : जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुनसरी जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश कायमै गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गरेको आदेशअनुसार शनिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुने उल्लेख गरिएको छ।
यस अवधिमा पाँचजनाभन्दा बढी भेला हुनु, कुनै पनि किसिमका सभा, जुलुस, धर्ना तथा गतिविधि गर्न पूर्णरूपमा रोक लगाइएको छ।
अत्यावश्यक सेवामा प्रयोग हुने दमकल, एम्बुलेन्स, शववाहन तथा स्वास्थ्यकर्मी र सचारकर्मीलाई आवतजावत भने यथावत रहने जनाइएको छ।
प्रशासनले निषेधाज्ञा र कर्फ्यु अवधिभन्दा बाहेक दैनिक उपभोग्य वस्तु खरिद तथा आवश्यक कामका लागि निश्चित समयमा मात्रै सर्वसाधारणलाई बाहिर निस्कन अनुमति हुने जनाएको छ।














Discussion about this post