इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विदेशीको इशारामा निर्दोष विद्यार्थीहरू को रगतको होली खेलिएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै दोषीलाई समय र इतिहासले दण्डित गर्नेसमेत बताएका छन् ।
उनले भनेका छन्, ‘विदेशीको इशारामा निर्दोष विद्यार्थीहरू को रगतको होली खेल्नेहरू मसँग हात मिलाउन नखोज्दा हुन्छ १ समय र इतिहासले दण्डित गर्नेछ तिमीहरूलाई १ नैतिकता र वैधताको बहसमा तिम्रो हार भैरहनेछ ।’
खासगरी जेन जी आन्दोलनका क्रममा एकैदिन १९ जना युवक मारिएका थिए । त्यससँगै केपी ओलीको सत्ताच्यूत भएपछि उनी प्रधानमन्त्री माग्दै काठमाडौँ पुगेका थिए ।
तर, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) समूहले बेवास्ता गरेको भन्दै साम्पाङले आक्रोश पोख्दै आएका छन् ।














Discussion about this post