गएको २४ घण्टामा नेपालमा थप १,३५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पोजेटिभ देखिएको छ ।
यो वृद्धिभएसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४४,२३६ पुगेको छ। शुक्रवार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले देशभरि १८,४०४ सक्रिय सङ्क्रमित भएको बताएका छन् ।
त्यसमध्ये ७,४६२ जना घरमै र १०,९४२ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
नेपालमा गएको २४ घण्टामा १४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र १० जना पुरुषको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार काठमाण्डौंमा ८२, ६७ र २२ बर्षीय महिलाको मृत्यु भएको छ भने चितवनमा ३५ बर्षीय एक कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ ।
यर्सगरि, पुरुषहरुमा सप्तरीका ५५ बर्षीय २ जनाको मृत्यु भएको छ भने धुनषामा ६५, कास्कीमा ३१, नवलपरासीमा ३७, प्युठान ५८, रुपन्देहही ७८, पाल्पा ६३ र सुर्खेत ४२ बर्षीय पुरुषको मृत्यु भएको छ ।
आजसम्म कोरोना संक्रमित मृतकको कुल संख्या २७१ जना पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिएका छन् ।















Discussion about this post