धरान : धरान उपमहानगरपालिका–१७ बस्ने २० वर्षीय निशान राईमाथि घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको छ।
आइतबार साँझ स्थानीय धरान १७ बस्ने ओबिन राई, सोही ठाउँका सुजन तामाङ, धरान ११ बस्ने बोबो लिम्बू र सोही ठाउँका हडबडे नामक व्यक्तिहरूले मोटरसाइकलमा आएर धारिलो हतियार प्रयोग गरी राईमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोली खटिई गम्भीर घाइते निशानलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा पठाइएको छ।
उनको पेट, ढाड, बायाँ कुम, कुहिनो, नाडी र दायाँ हातमा चोट लागेको र अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
धारिलो हतियारसहित संलग्न ओबिनलाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी धरान ११ कै देवान राईलाई पनि नियन्त्रणमा लिइएको धरान प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।












Discussion about this post