खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मीका सिवा परियारको बलात्कारपछि हत्या भएको छ।
भदौ ३० गते बेलुकी सहकारीबाट घर फर्किने क्रममा उनीमाथि योजनाबद्ध रूपमा बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
रेश्मीकालाई जंगलतर्फ धकेल्दै तल झारेपछि अचेत अवस्थामा बलात्कार गरी सलले घाँटीमा कसेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।
घटनामा सामूहिक संलग्नताको हल्ला भए पनि अनुसन्धानपछि एक किशोर मात्रै संलग्न रहेको प्रमाणित भएको प्रहरीले जनाएको छ। किशोरलाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ।
एक छोरीकी आमा समेत रहेकी रेश्मीकाको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन्।
खासगरी १६ वर्षीय किशोरले त्यसदिन जङ्गलमा गएर कुरिरहे । रेश्मीका कार्यालयबाट फर्किने क्रममा उनलाई पछाडिबाट धकेलेर सडकमुनि झारे । सडकभन्दा तल जङ्गलतर्फ भिरालो जग्गामा रेश्मीका उम्किन पाइनन् ।
सडकभन्दा करिब डेढ सय मिटर तल धकेल्दै घिसार्दै लगेपछि रेश्मीका अचेत भइन् । अचेत अवस्थामै किशोरले उनीमाथि बलात्कार गरे । त्यसपछि उनले रेश्मीकाकै सलले घाँटीमा कसेर हत्या गरेको खुलेको छ ।
घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गर्दा पक्राउ परेका किशोर एक्लै घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए।
घटनामा दोषी किशोरलाई प्रहरीले पक्राउ गरिसकेको छ । कानुनतः १८ वर्ष भन्दा कम उमेरको भएकाले उनको पहिचान खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।
युवती दिप्रुङ चुइचुम्मा ५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा काम गर्दैआएकी थिइन् ।














Discussion about this post