उदयपुरमा बालीकालाइ यौन दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका–६ मोहनपुरस्थित शिव मन्दिरमा पुजा गर्ने पुजारी पक्राउ परेका छन् ।
सिराहा सखुवाकट्टी गाउँपालिका–२ बस्ने ६६ वर्षीय रामविलास खत्बे मण्डल करिब ३ वर्षदेखि मन्दिरमा पुजारीको रुपमा काम गर्दै आएका थिए ।
खत्बे मण्डलले यहि भदौ १२ गते ८ र १० वर्षीया बालिकालाई पैसा देखाएर प्रलोभनमा पारी मन्दिरको कोठामा यौन दुव्र्यवहार गरेको पिडितले प्रहरीमा जानकारी गराएपछि तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मण्डाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।















Discussion about this post