विराटनगर : जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा ध्वस्त बनेका सरकारी सवारीसाधनको क्षतिपछि मोरङ उद्योग व्यापार संघ अग्रपंक्तिमा देखिएको छ ।
संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एक चारपाङ्ग्रे गाडी र जिल्ला प्रहरी कार्यालयलाई एक मोटरसाइकल सहयोग गरेको हो ।
आइतबार संघका अध्यक्ष अनुपम राठीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडी र प्रहरी उपरीक्षक कवित कटवाललाई मोटरसाइकलको चाबी हस्तान्तरण गरे ।
राठीका अनुसार आगलागीले सेवा प्रवाह प्रभावित भएको अवस्थामा प्रशासन र सुरक्षाको काम सहज बनाउन सहयोग गरिएको हो ।












Discussion about this post