सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीमा एक युवतीको नाङ्गो शरीर भएको शव फेला परेको छ ।
शनिबार बिहानको सात बजे बराहक्षेत्र–९ को धरहरा टपन भन्ने ठाउको नदीमा अन्दाजी १८ २० वर्ष उमेरको जस्तो देखिने मंगोलियन खालको अनुहार भएकी युवतीको शव भेटिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताएका छन् ।
शरिरमा कपडा नलगाएको, अन्दाजी ५ फिट उचाई भएको र कानमा सुन जस्तो कुण्डल लगाएको शव भेटिएपनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
शवलाई हाल धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । शवको पहिचान भएमा प्रहरीलाइ खबर गरिदिन प्रहरी निरीक्षक राजवशीले आग्रह गरेका छन् ।















Discussion about this post