Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सप्तकोसी नदीमा पानीको बहाब अझै बढ्ने, सतर्क रहन प्रशासनको आग्रह (कहाँ-कहाँ जोखिम?)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०८२
in समाचार
0
सप्तकोसी नदीमा पानीको बहाब अझै बढ्ने, सतर्क रहन प्रशासनको आग्रह (कहाँ-कहाँ जोखिम?)
73
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाब बढ्दै गएको छ ।

पानीको बहाब बढ्दै गएपछि सुनसरी प्रशासनले जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र समुदायस्तरीय सहभागिता तीव्र पारेको छ।

शनिबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षाकर्मीहरू र जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरूसहितको टोलीले सप्तकोसी ब्यारेजदेखि चतरा पुलसम्म स्थलगत अनुगमन गरेको छ।

प्रमुख जिल्ला अधिकारी मिश्रले जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यकता परे सुरक्षित स्थानमा सर्न, असामान्य गतिविधि देखिए तुरुन्तै प्रहरी वा प्रशासनलाई जानकारी दिन अपिल गरेका छन्।

अनुगमनपछि जिल्ला प्रहरी प्रमुख एसपी केशब कुमार थेबेले कोशीको बहाब अहिले सामान्य भए पनि आकस्मिक बाढीको सम्भावना रहेकाले सर्तक रहन अनुरोध गरे।

‘हामीले सम्भावित जोखिमलाई ध्यानमा राखी अग्रिम तयारीलाई प्राथमिकता दिएका छौँ,’ उनले भने।

उनका अनुसार चतरा, चक्रघट्टी, प्रकाशपुर, मधुवन, भण्टाबारीलगायतका क्षेत्रमा रातिको समयमा जोखिम रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

उनका अनुसार प्रहरीको विशेष टोली निरन्तर निगरानी र उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

त्यसैगरी, टोल विकास समिति, रेडक्रस, वडा कार्यालयदेखि नागरिक स्वयंसेवकसम्मलाई सतर्कतासहित समन्वयमा जोड दिइएको छ।

प्रशासनले डुङ्गा, एम्बुलेन्स, राहत सामग्री र सुरक्षाकर्मीलाई आपतकालीन उपयोगका तयारी अवस्थामा राखेको जनाएको छ।

Tags: अविरल वर्षाप्रशासनसप्तकोसी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 
FEATURE BREAKING

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

इटहरी : सप्तकोशी नदीमा चल्ने जल यातायातले पूर्वी पहाडका बासिन्दालाई तराईसँग जोड्दै आएको छ । भोजपुरको दक्षिणी भेग, धनकुटाका केही...

मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३
नेपथ्यको सांगीतिक साँझका लागि इटहरी तयार

नेपथ्यको सांगीतिक साँझका लागि इटहरी तयार

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.