सुनसरी देवानगंज २ बस्ने ३० बर्षीय सन्त कुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको छ ।
हिजो अपरान्ह ४ बजे तिर घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















Discussion about this post