दमक : झापाको दमक नगरपालिका ९ शान्ति चौक स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३६ वर्षीय मनोज धिमाल रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउनसगुर ६ ग्रामसहित पक्राउ गरेको हो ।
धिमालले चलाएको सिटी सफारीको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ब्राउनसगुर फेला पारेको थियो ।
पक्राउ परेका धिमालको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post