गएको २४ घण्टामा प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । सङ्क्रमित मध्ये धेरै मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा रहेका छन् ।
योसंगै प्रदेश १ मा संङ्क्रमण हुनेको कुल संख्या ४ हजार १ सय ७७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमित हुनेहरूमा सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला १ पुरुष रहेका छन् यसैगरि मोरङको विराटनगरमा २० महिला र ३१ पुरुष गरी ५१ जनामा संक्रमण देखिएको छ ।
रतुवामाई र बेलबारीमा ५–५ पुरुष, जहदामा १ महिला र २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
झापाको कनकाईमा ७ महिला ६ पुरुष, विर्तामोड र बार्हदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।















Discussion about this post