युवतीको प्रयोग गरी यौन भिडियो बनाएर पैसाको बार्गेनिङ गरि ३ लाख पैसा माग्ने इटहरीका २१ बर्षिय समीर मगर रामधुनी ५ का डन दाई भन्ने गणेश दर्जी पक्राउ परेका छन् ।
धरान १८ को बुद्ध चोक मा रहेको कान्तिपुर होटेलमा गएको साउन २६ गते भएको जबरजस्ती करणी प्रकरणको भिडियो केटी आफैले बनाएको खुलसा भएको छ । मोबाइलबाट डिटेल भएको भिडियोलाई पुन रिकभर गरेर प्रहरीले अनुसन्धान गर्दा यस्तो तथ्य फेला पारेको हो । उनीहरूले नै केटीको सहमति र मिलेमतोमा भिडियो बनाएको बयान दिएका छन् ।
उक्त भिडियो अनुसन्धानमा मोरङ घर भएकी १६ वर्षिय बालिका आफैले बनाएको प्रहरीले बताएको छ । यौन सम्पर्क गर्ने बेला कोठामा योजनाबद्ध ढङ्गले यौन सम्बन्धको भिडियो बनाइएको अनुसन्धानमा पाइएको छ । भिडियो को अन्तिममा पीडित केटीले २ हजार नगद समेत लिएको देखिएको प्रहरीले बताएको छ ।
जबरजस्ती करणी आरोपमा रामधुनी नगरपालिका ७ झुम्का घर भएका ४६ वर्षिय एमके होमियो मेडिकल हलका सञ्चालक समेत रहेका मोहम्मद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको छ । धरानको होटलमा आलम र बालिका बिच भएको यौन गतिविधिको भिडियो देखाएर दुई युवाअरुले बार्गेनिङ सुरु गरे । उनीहरुले आफु प्रहरी भएको भन्दै पैसा असुल्न तम्सिएका थिए ।















Discussion about this post