Sunday, August 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

रासस by रासस
कार्तिक २२, २०८२
in समाचार
0
वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति
59
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ ।

कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो ।

दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ ।

जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिए ।

केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका किसानहरू यसअघि वर्षाले क्षति पुर्‍याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पुर्‍याएको धान थन्क्याउन यतिखेर किसानहरू खेत–खेतमा जुटिरहेका हुन् ।

ठूलो मात्रामा धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानहरू बाँदरलगायतका वन्यजन्तुहरूबाट समेत धान जोगाउने हतारोमा छन् ।

देशभर परेको वर्षाका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्र करिब ४१ दशमलव ६३ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

पन्ध्र वडा रहेको यो नगरपालिकामा तीन हजार ५०० हेक्टरमा धानखेती गरिन्छ । यसमा करिब आठ हजार ९९५ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

विशेषगरी काटेर पाँजो लगाएको धानमा ठूलो क्षति पुगेको वडा नं ११ खार्मीका युवा कृषक हेमन्त राईले जानकारी दिए ।

“अविरल वर्षाका कारण काटेर आलीमा राखिएको धान आलीमै उम्रिएका छन् । अविरल वर्षाले धान, कोदो, फापरलगायतका बाली तथा फलफूलमा ठूलो मात्रामा क्षति पुगेको छ”, उनले भने, “पाकेर थन्क्याउन लागिएको प्रमुख बाली धानमा वर्षाले क्षति गरेपछि भोकमरी हुने निश्चित छ । यसमा सरकारले राहतको व्यवस्था गर्नुपर्छ ।”

हलेसी तुवाचुङ नगरपालिकामा पनि धान बालीमा ठूलो क्षति भएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए । जिल्लाको दोस्रो ठूलो स्थानीय तहमा पर्ने यो नगरपालिकाका १२० हेक्टरमा धानखेती गरिन्छ । यसमा ३०८ दशमलव चार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

जन्तेढुङ्गा गाउँपालिकामा पनि धानखेतीमा व्यापक क्षति पुर्‍याएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए । उपप्रमुख खड्काका अनुसार यो गाउँपालिकामा ४० प्रतिशत धानखेती नष्ट भएको छ ।

सात वडा रहेको यो गाउँपालिकामा २४० दशमलव ९६ हेक्टरमा धानखेती गरिन्छ । यसमा करिब ६१९ दशमलव २७ मेट्रिक टन उत्पादन हुने गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

बराहापोखरी गाउँपालिकामा पनि धानखेतीमा क्षति पुगेको छ । यो गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी पुर्‍याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए । यो गाउँपालिकामा ६५७ हेक्टरमा धानखेती गरिन्छ । यसमध्ये एक हजार ६८८ दशमलव ४९ मेट्रिक टन उत्पादन हुने गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

खोटेहाङ गाउँपालिकामा पनि धानखेतीमा ठूलो क्षति पुगेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए । यो पालिकामा एकीन विवरण नआइसके पनि करिब ४० प्रतिशत धान पानीले नष्ट गरेको छ ।

गाउँपालिकामध्ये सबैभन्दा ठूलो (नौ वडा रहेको) यो गाउँपालिकामा एक हजार २०० हेक्टरमा धानखेती गरिन्छ । यो गाउँपालिकामा करिब तीन हजार ८४ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पानीले धानखेतीमा क्षति पुर्‍याएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । यो पालिकामा पनि एक हजार २०० हेक्टरमा तीन हजार ८४ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

साकेला, रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि झरीले धानबालीमा व्यापक क्षति पुर्‍याएको छ ।

साकेला गाउँपालिकामा आठ हेक्टरमा दुई हजार ५६ मेट्रिक टन, रावाबेँसीमा ८५० हेक्टरमा दुई हजार १८४ दशमलव पाँच मेट्रिक टन, केपिलासगढीमा ७५० हेक्टरमा एक हजार ९२७ दशमलव पाँच मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा दुई हजार ५७० मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा गरी करिब २६ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र खोटाङले उल्लेख गरेको छ । यस वर्ष धान रोप्नका लागि समयमै वर्षा भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो ।

Tags: #खोटाङ#राससक्षति
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
FEATURE BREAKING

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

मोरङ : मोरङमा शनिबार छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारीमा धानखेतको जमेको पानीमा एक वृद्धको...

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

साउन ३०, २०८३
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

भोजपुर : ‘एक घर, एक धारा’पछि सहज भयो डाँडागाउँवासीको दैनिकी

साउन ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.