इटहरी : सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ।
कारागार प्रशासनका अनुसा कात्तिक २३ गते बिहान करिब ५ः३० बजेतिर कारागारको ‘बी’ बन्दीगृहमा ५३ वर्षीया बन्दी सुधना सरदार अचेत अवस्थामा फेला परेकी थिइन्।
कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याएको थियो। तर बिहान ६ः१५ बजेतिर उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
कारागार प्रशासनका अनुसार सरदार मिति २०८० असोज २ गतेदेखि “जिउ मास्ने बेच्ने” मुद्दामा सजाय भोग्दै आएकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको झुम्का कारागार प्रशासनले जनाएको छ।













Discussion about this post