Wednesday, August 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या

रासस by रासस
कार्तिक ३०, २०८२
in समाचार
0
‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या
58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ ।

कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् ।

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण–सिकाइमा प्रत्यक्ष असर परेको छ ।

‘पढ्दै–कमाउँदै’ कार्यक्रम नहुँदा ती विषयमा आवश्यक सामग्री जुटाउन, ‘फिल्डवर्क’ सञ्चालन गर्न र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन कठिनाइ बढेको उनको भनाइ छ ।

‘सामुदायिक विद्यालयमा चल्दै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अत्यन्तै प्रभावकारी थियो’, उनले भने, ‘विद्यार्थीहरुले अभ्यासमूलक ज्ञान लिँदै आएका थिए, उनीहरुले आफ्नै उत्पादनबाट केही आम्दानीसमेत गर्दै आएका थिए, कार्यक्रम हटाइएपछि व्यावहारिक सिकाइ नै कमजोर बनिरहेको छ, यस्तो उपयोगी कार्यक्रम हटाइनु दुःखद् कुरा हो ।’

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि कार्यक्रम बन्द गरिएको हो ।

शिक्षा विभागमार्फत सञ्चालन हुँदै आएको यस कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयले तरकारी, फलफूल, धान, च्याउलगायतका खेती तथा सीपमूलक कार्य गर्दै आएका थिए ।

कतिपय विद्यालयहरूले भाडामा जमिन लिएर व्यावसायिक अभ्यास कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रम हटेसँगै व्यावसायिक धार सञ्चालन गरिरहेका विद्यालयमा व्यावहारिक शिक्षण निरन्तरता दिन कठिनाइ भएको छ ।

विद्यालयले राज्यले विकल्पका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

Tags: #भोजपुर#राससशिक्षासमस्या
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
FEATURE BREAKING

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
FEATURE BREAKING

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

ताप्लेजुङ : घरभित्र बिरालोले ल्याएको सर्प निकाल्ने क्रममा ताप्लेजुङमा एक युवतीको ज्यान गएको छ। फुङलिङ नगरपालिका–९ सिद्धिडाँडाकी १९ वर्षीया युना...

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

भदौ २, २०८३
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भदौ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

भदौ २, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

भदौ २, २०८३
३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.