इटहरी : सुनसरीको रामधुनीस्थित खोलामा नुहाउने क्रममा एकजना तीर्थालुको मृत्यु भएको छ भने अर्का एक जनाको उद्धार गरिएको छ।
बालाचतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालु बिहान खोलामा पसेका थिए ।
सुनसरी प्रहरीका अनुसार नुहाउन पुगेका तीन जनामध्ये मोरङको सुन्दरहरैंचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको डुबेर मृत्यु भएको हो ।
खोलाले बगाएपछि घटनास्थलबाट केही तल मृत अवस्थामा उनलाई फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा इनरुवा नगरपालिका–५ का ५८ वर्षीय भीमराज काफ्लेलाई खोलाले बगाउँदै लगिरहेको अवस्थामा प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्याएको थियो।
उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उनलाई दिउँसो डिस्चार्ज गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post