Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

रानी अस्पतालबाट निःशुल्क प्रसूति सेवा सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८२
in समाचार
0
रानी अस्पतालबाट निःशुल्क प्रसूति सेवा सुरु
63
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट २४ घण्टा निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ ।

मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ ।

मंगलबार आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर नागेश कोइरालाले प्रसूति सेवाको उद्घाटन गरे ।

महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको बताए ।

उनले आफूले चुनावमा गरेको बाचाअनुरुप प्रसूति सेवा सञ्चालनमा ल्याएको स्पष्ट पारे ।

सो क्षेत्रमा विपन्न र पिछडिएका समुदायको बसोबास भएकाले निःशुल्क रूपमा सञ्चालनमा ल्याइएको प्रसूति सेवाबाट लाभ लिन सक्ने उनको भनाइ थियो ।

‘यस क्षेत्रका बासिन्दालाई विराटनगरका ठूला अस्पताल गएर सेवा लिन निकै समस्या थियो,’ कोइरालाले भने, ‘आर्थिक हिसाब र दूरीका हिसाबले पनि यस क्षेत्रका स्थानीयलाई अब भने निकै सहज हुनेछ ।’

त्यस्तै उपमेयर कार्कीले आगामी दिनमा रानी अस्पतालबाट अन्य सेवालाई विस्तार गरिने बताइन् । उनले प्रसूति सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् ।

वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले महानगर नेतृत्वले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकोमा धन्यवाद दिए । उनले अस्पतालका अन्य सेवालाई विस्तार गर्न पनि आग्रह गरे ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. सुरेश मेहताले माथिल्लो निकायसँग सेवा सम्झौता गरेर अस्पतालको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सुझाव दिए ।

महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले अस्पतालमा तालिम प्राप्त जनशक्तिको व्यवस्था मिलाई सेवा प्रभावकारी बनाइएको बताए ।

उनले १९ वटै वडामा एम्बुलेन्स सेवा, गर्भवती महिलाहरूका लागि निःशुल्क भिडियो एक्सरेको सुविधा उपलब्ध गराइएको जानकारी दिए ।

सो अवसरमा जनस्वास्थ्य अधिकृत रमेश कार्की, रानी अस्पतालका प्रमुख मानिकचन भगत, स्थानीय समाजसेवी दिनानाथ आचार्यलगायतले अस्पताललाई अप्ठ्यारो अवस्थाबाट आजका दिनसम्म ल्याइपु¥याउन सबैको साथ र सहयोग गरेको बताए ।

रानी अस्पतालमा हाल फिजियो थेरापी, ओपीडी सेवा, स्वास्थ्य बिमा, परिवार नियोजन सेवा, खोप सेवा, मातृशिशु सेवा, मनोपरामर्शलगायतका सेवाहरू उपलब्ध हुँदै आएको छ ।

मोरङका १७ पालिकामध्ये विराटनगर महानगर स्वास्थ्य सेवा कार्यक्रम मूल्यांकनमा तेस्रो स्थान प्राप्त गरेको थियो ।

Tags: #विराटनगरअस्पतालरानी अस्पतालविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.