इटहरी : लागूऔषध कारोबार भइरहेको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–७ मा गरेको चेकजाँचका क्रममा एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार पर्वत जिल्लाको मोदी गाउँपालिका–६ घर भई हाल सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मा बस्ने २७ वर्षीय दिनेश तामाङलाई चेकजाँच गर्दा उनका साथबाट ट्रामाडोल क्याप्सुलका ९ पत्ता (८७ क्याप्सुल) र स्पासपेन ट्याब्लेटका ९ पत्ता (८८ ट्याब्लेट) फेला परेको हो।
लागूऔषधसहित पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।













Discussion about this post