Friday, July 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०८२
in समाचार
0
मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…
115
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको बेलबारी नगरपालिका–२ मा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएको आरोपमा पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा ३२ वर्षीया सुनीता कार्की रहेकी छन् । विष सेवनका कारण ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राईको अवस्था गम्भीर छ।

शनिबार दिउँसो भक्तबहादुर राई घर नजिकैको खोल्सामा बेहोस अवस्थामा भेटिएका जनाएको प्रहरीले बताएको छ। स्थानीयले उद्धार गरेर घर ल्याउँदा उनकी पत्नी इन्द्रमाया राईसमेत घरमै ढलेको अवस्थामा भेटिएकी थिइन्।

त्यही घरस्थित खोरमा रहेका तीन वटा कुखुरा मरेको भेटिएपछि खानामा विष मिसाइएको घटनाको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुवैलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

अस्पतालले इन्द्रमायाको राति १०ः४० बजेतिर मृत्यु भएको पुष्टि गरेको छ। भक्तबहादुरको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।

घटनास्थलबाट प्रहरी टोलीले विषादी भएको बट्टा अँगेनोमा जलाइएको अवस्थामा फेला पारेको छ। कुन प्रकारको विष प्रयोग गरिएको हो भन्ने परीक्षण बाँकी रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानकै क्रममा वृद्ध दम्पतीसँगै बस्दै आएकी भतिजी बुहारी रहेकी सुनीतालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थपेर हिरासतमा राखिएको छ।

डीएसपी चौधरीका अनुसार प्रारम्भिक तथ्याङ्कले सुनीताले सासू–ससुरालाई खानामा विष मिसाएको देखिएको छ।

वृद्ध दम्पतीले उब्रिएको खाना कुखुरालाई खुवाएको र ती कुखुरा पनि मरेको पाइएको छ। जसले विष प्रयोगको पुष्टि गर्ने आधार थपिएको प्रहरीले जनाएको छ।

भक्तबहादुर र इन्द्रमायाका आफ्नै सन्तान छैनन्। उनीहरू भतिजो प्रशान राई र उनकी पत्नी सुनीता कार्की सँगै बस्दै आएका थिए। घटना हुँदा प्रशान घरबाहिर रहेका थिए।

सुनीताले किन विष हालिन् भन्ने कारण भने खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने प्रहरीले जनाएको छ।

पोस्टमार्टम, फरेन्सिक परीक्षण र प्रयोगशाला विश्लेषणपछि मात्र मृत्यु र विष प्रयोगबारे अन्तिम पुष्टि हुने प्रहरीले जनाएको छ।

डीएसपी चौधरीका अनुसार घटनालाई गम्भीर रूपमा लिएर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।

Tags: #मोरङअपराधविष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने
FEATURE BREAKING

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
0

विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा सञ्चालनमा रहेका चार संस्थाअन्तर्गतका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने भएको छ।...

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त
समाचार

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
0

विराटनगर : विराटनगर–१८ भेडियारीमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा हाम फालेका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउन शुक्रबार स्थानीयले...

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

असार २६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरी र झापामा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर

असार २६, २०८३
उवासंघ निर्वाचन : अन्तिम घरदैलोमा काफ्ले र भण्डारी, कसले मार्ला बाजी ?

उवासंघ निर्वाचन : अन्तिम घरदैलोमा काफ्ले र भण्डारी, कसले मार्ला बाजी ?

असार २६, २०८३

सुनसरीमा बिजुली जोड्ने क्रममा पोलबाट लड्दा एक जनाको मृत्यु

असार २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

असार २६, २०८३
विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

असार २६, २०८३
‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

असार २६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरी र झापामा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर

असार २६, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    590 shares
    Share 236 Tweet 148
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    356 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.