झुम्काको रामधुनी नगरपालिका ५ लगुना चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको ज्यान गएको छ ।
शुक्रवार दिउँसो साँढे १ बजेको समयमा पुर्वबाट पश्चिम तर्फजाँदै गरेको प्रदेश १ ०२ ०४१ प १४१२ नम्बरको मोटरसाईकलले स्थानीय ५० बर्षीया ईन्द्र लक्ष्मी शाक्यलाई ठक्कर दिंदा घाईते भएकी उनलाइ उपचारको लागी बि पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा दिउँसोसाँढे ३ बजे मत्यु भएको हो ।
ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post