झापाको बिर्तामोड नगरपालिका ३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना एग्रोभेटका सन्चालक पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका ३ मा गोपाल गौतमले संचालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा शुक्रवार दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटबाट २२ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो ।
लागुऔषध ब्राउनसुगर बरामद भएसंगै एग्रोभेट संचालक गौतमलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अमारमनीले जनाएको छ ।















Discussion about this post