धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले धरानको प्रवेशद्वार (गेट)मा राखिएको बोर्ड च्यात्ने घटनामा १० राजनीतिक दल संलग्न रहेको र तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि अग्रपंक्तिमा सक्रिय रहेको दाबी गरेका छन्।
साम्पाङका अनुसार उक्त घटना सामान्य विरोध नभई अपराधिक उपद्रोवको श्रेणीमा पर्ने भएकाले त्यससम्बन्धी प्रमाण सुरक्षित गरेर राखिएको हो।
उनले पार्टीकै सरकार भएकाले अहिलेसम्म कारबाही नभएको आरोप पनि लगाए।
धरान गेट अगाडिको बाटो मर्मत ढिला भएको विषयमा उठेका प्रश्नप्रति प्रतिक्रिया दिँदै नगरप्रमुख साम्पाङले बाढीका कारण गेट अगाडिको बाटो भत्किएको स्पष्ट पारे।
उनका अनुसार बाढीले प्रभावित जनताको घरअगाडिको बाटोलाई आफ्नै कार्यालय अगाडिको बाटोभन्दा उच्च प्राथमिकतामा राखेर मर्मत गरिएको हो।
उनले सामाजिक सञ्जाल फेसबुकमा बिहीवार बिहान एक स्टाटस लेख्दै भनेका छन्, ‘धरानको गेटको बोर्ड च्यात्ने १० दलमा रास्वपा पनि सक्रिय अग्रपंक्तिमा थियो ! यो मुद्दा लागेको केस हो, अपराधिक उपद्रोव ! त्यसैले प्रमाण स्वरुप राखेको ! पार्टीको सरकार भएकोले कारवाही भएको छैन ! अब हुनेछ जनताको सरकार ! अल्तिको बाढीले भत्काएको हो । गेट अगाडिको जनताको घर अगाडिको बाटो चाहिँ मेरो अफिस अगाडिको भन्दा बढी प्राथानिकतामा परेकोले मैले यो अलि ढिलै गरी मर्मत गर्न लाको छु !’














Discussion about this post