Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

एसओएसमा प्रोजेक्ट एक्स्पो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १४, २०८२
in विविध, समाचार
0
एसओएसमा प्रोजेक्ट एक्स्पो
122
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले बृहत् शैक्षिक प्रदर्शनी प्रोजेक्ट एक्स्पो २०२५ सम्पन्न गरेको छ ।

सिकाइलाई व्यावहारिक बनाउने उद्देश्यले कक्षा नर्सरीदेखि १२ सम्म विद्यार्थीले उक्त प्रदर्शनी गरेका हुन् ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीताकुमारी चौधरीको प्रमुख आतिथ्यमा सुरु भएको प्रदर्शनीमा एक हजार दुई सय बढीले अवलोकन गरेका थिए ।

अवलोकनकर्ताहरूमा अभिभावक, विभिन्न १० वटा विद्यालयका विद्यार्थीसहित स्थानीयहरूको उपस्थिति थियो ।

१ सय ४६ स्टलमा राखिएका प्रदर्शनीमा विद्यार्थीले नेपाली, सामाजिक, अङ्ग्रेजी, गणित, विज्ञान तथा कम्प्युटर विषयसँग सम्बन्धित विभिन्न जीवनोपयोगी कुरा समावेश गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न कम्प्युटर एप्लिकेशन बनाउनुका साथै स्तरअनुसार विभिन्न जातजातिका वेशभूषा, खानपानका साथै पर्यावरणीय सचेतनाका लागि सडक नाटकसमेत प्रदर्शनी गरेका थिए ।

विज्ञान तथा प्रविधिका अतिरिक्त जीवनोपयोगी सामग्रीको समेत प्रदर्शनी गरेका थिए । उक्त प्रदर्शनीमा उपस्थितले कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा बोल्दै इटहरीकी उपप्रमुख चौधरीले विद्यार्थीले विभिन्न सिकाइमा सहभागी भएर जीवनोपयोगी सिकाइलाई व्यावहारिक बनाएकामा आफू खुसी भएको बताइन् ।

उनले भनिन्, ‘‘ससाना नानीबाबुहरूका यिनै सिर्जना भविष्यमा आविष्कार र नवप्रवर्तन हुने हुन् । विद्यालयको यस प्रयास प्रशंसनीय छ ।’’

प्रत्येक वर्ष विद्यार्थीका सिकाइलाई व्यावहारिक बनाई दक्ष जनशक्ति बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक शशीकुमार उपाध्यायले बताए ।

उनले भने, ‘‘हामी विद्यार्थी पाठ्यक्रमका विषयवस्तुलाई सैद्धान्तिक रूपमा पढाउने मात्र नभई त्यसको व्यावहारिक रूपान्तरणका लागि प्रयास गर्छौँ । यसकारण हामी विद्यार्थीलाई सहज वातावरणमा प्रयोगात्मक सिकाइका लागि प्रोत्साहन गर्छौँ।’’

इटहरीमा गुणस्तरीय सिकाइका लागि परिचित हर्मन माइनर विद्यालयले विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको नतिजासमेत वितरण गरेको थियो ।

प्रविधिका विषयमा भएको तीव्र विकाससँगै यस क्षेत्रमा दक्ष जनशक्ति निर्माण गरी विद्यार्थीलाई स्वरोजगार र आत्मनिर्भर बनाउन विद्यालयले कम्प्युटर इन्जिनियरिङ कक्षा ९–१२ सञ्चालन गर्दै आएको छ ।

एसओएस बालग्राम नेपालद्वारा सञ्चालित यस विद्यालयमा ६२४ जना विद्यार्थी अध्ययनरत छन् ।

Tags: एक्स्पोएसओएसशैक्षिक प्रदर्शनी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.