वितेको २४ घण्टामा नेपालमा १,२०१ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ।
यो वृद्धिसगै शनिवार नेपालमा कोरोनाभाइरस सङ्क्रमित हुनेको कुल सङ्ख्या ५३,१२० पुगेको छ र निको हुनेको सङ्ख्या ३७,५२४ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
हाल देशभर १५,२६० जना आइसोलेशनमा रहेका छन् र ६,३५४ जना क्वारन्टीनमा रहेका छन्। त्यसमध्ये होम आइसोलेशनमा ६,१५३ जना रहेका प्रवक्ता डा गौतमले बताएका छन्।















Discussion about this post