वितेको २४ घण्टामा नेपालमा थप १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ।
मृत्यु हुनेमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साका ७८ वर्षीय महिला, काठमाण्डूका ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष रहेका छन्।
त्यसैगरि भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँका ७६ वर्षीय महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष रहेका छन्।
र कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देशीका ६० र ४० वर्षीय पुरुष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा तीन महिला र ११ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।















Discussion about this post