इटहरी : सुनसरी र झापाको विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा झापाको अर्जुनधारा नगरपालिका ११ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोहि स्थानकी अनु बोहरा, पारस श्रेष्ठ, पाँचथर फिदिम नगरपालिका १ का सञ्जय लिम्बू र अर्जुनधारा ६ का लेखराज गुरुङलाई ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै, सुनसरीको धरान १८ बाट इलाका प्रहरी कार्यालय धरानले ट्रामाडोल र स्पास्मो गरी जम्मा ९०० पिससहित धरान १० का युवराज कार्की र धरान १३ बाट डाइजोपाम १८ एम्पुलसहित सोही स्थानका सानु सुनुवारलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post