Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सात दशकपछि पहिलोपटक नागरिकता पाउँदा…

रासस by रासस
पुस २१, २०८२
in विविध, समाचार
0
सात दशकपछि पहिलोपटक नागरिकता पाउँदा…
66
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सात दशकपछि पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।

विसं २०१३ फागुन ७ गते जन्मिएका उनले आइतबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट नागरिकता प्राप्त गरेका हुन्।

१४ वर्षको उमेरमा घरबाट भागेर रोजगारीका लागि भारत गएका बुढाथोकी ५६ वर्षपछि जिल्ला फर्किएर नागरिकता बनाएका हुन्।

लामो समय भारतमा बसेर फर्किएपछि कञ्चनपुरमा मजदुरी गर्ने क्रममा उनले स्थानीय लीला भट्टसँग विवाह गरेका थिए। नागरिकता नहुँदा आफ्ना दुई छोरीहरूको शिक्षा, स्वास्थ्य र रोजगारीमा समस्या भएपछि उनले ढिलै भए पनि नागरिकता लिने निर्णय गरेका हुन्।

कक्षा १२ मा अध्ययनरत जेठी छोरीलाई बुबाको नागरिकता आवश्यक परेपछि उनी कञ्चनपुरबाट खोटाङ आएका हुन्। उनलाई जेठा दाजु मदनबहादुरले सनाखत गरेपछि प्रशासनले नागरिकता प्रदान गरेको छ।

नागरिकता पाएसँगै बुढाथोकीले अब श्रीमतीको विवाह दर्ता र छोरीहरूको जन्मदर्ता गर्ने तयारी गरेका छन्। चेतना अभावका कारण नागरिकता नबनाउँदा धेरै परिवारका सन्तानले समस्या झेल्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयले नागरिकता प्राप्तिलाई सहज बनाउन पहल गरिरहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले कुनै पनि नेपाली नागरिकता पाउनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले सहज वातावरण निर्माण गरिएको बताएकी छिन्।

Tags: #खोटाङ#राससनागरिकता
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
समाचार

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४८ वर्षीय...

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल
विविध

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

by रासस
कार्तिक ११, २०८३
0

भोजपुर : गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन...

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३
कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    299 shares
    Share 120 Tweet 75
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.