Saturday, September 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा सशस्त्र प्रहरीको गोलीबाट मृत्यु भएको घटनामा इन्सेकद्वारा स्थलगत अनुगमन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २१, २०८२
in समाचार
0
सुनसरीमा सशस्त्र प्रहरीको गोलीबाट मृत्यु भएको घटनामा इन्सेकद्वारा स्थलगत अनुगमन
66
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीयवासीको मृत्यु भएको घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले स्थलगत अनुगमन तथा तथ्य सङ्कलन गरेको छ।

अनुगमन टोलीले पीडित परिवार, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अन्य सुरक्षाकर्मी, छानबिन समिति, मृतकका आफन्त, जनप्रतिनिधि तथा नागरिक समाजका सदस्यहरूसँग भेटघाट तथा छलफल गर्दै घटनास्थलको अवलोकन र तथ्य सङ्कलन गरेको हो।

सशस्त्र प्रहरीको गोली लागेर पुस १७ गते बिहान करिब १ बजेतिर स्थानीय ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भएको थियो।

अनुगमन टोलीले मृतकका पत्नी, छोरा, दाजु र दिदीहरूसँग छलफल गर्नुका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवे, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण मुख्यालयका एसपी निर्मलकुमार थापा, डीएसपी सीताराम पौडेल, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीका इन्स्पेक्टर भूपबहादुर खड्का र देवराज भट्टराईसँग भेट गरी घटनाका विषयमा जानकारी लिएको छ। साथै, जिल्ला प्रशासन कार्यालयद्वारा गठन गरिएको छानबिन समितिसँग पनि छलफल गरिएको छ।

गोली प्रहार घटनाका आरोपित सशस्त्र प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र उनका सहयोगी सशस्त्र प्रहरीलाई समेत सोधपुछ गरिने एसपी थेवेले अनुगमन टोलीलाई जानकारी दिए।

मृतककी पत्नी गीतादेवी साहसँग पुस १७ गते जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार न्यायिक प्रक्रिया अघि बढाइने पनि उनले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको र सो समितिले सात दिनभित्र घटनाको यथार्थ सार्वजनिक गर्ने एसपी थेवेले जानकारी दिए ।

उनका अनुसार घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न नेपाल प्रहरीले करिब दुई सय सेल अश्रुग्यास र हवाइ फायर गरेको थियो।

गोली प्रहारपछि आक्रोशित प्रदर्शनकारीले दुई वटा अस्थायी पोष्टमा आगजनी गर्नुका साथै बिओपी कार्यालय लौकहीमा ढुङ्गा र पेट्रोल बम प्रहार गर्दा सशस्त्र प्रहरी सहायक निरीक्षकसहित १२ जना घाइते भएका र तीन वटा सवारी साधनमा क्षति पुगेको सशस्त्र प्रहरीका एसपी थापाले जानकारी दिए।

सशस्त्र प्रहरीका अनुसार चिनी तस्करी गरिरहेको अवस्थामा नियन्त्रण गर्ने क्रममा चलेको गोली लागेर साहको मृत्यु भएको हो।

सशस्त्र प्रहरी डीएसपी पौडेलका अनुसार लौकहीमा छोकोटी भन्सार कार्यालय मात्र रहेकाले पाँच हजार रुपैयाँसम्म मात्रै भन्सार काट्न मिल्ने व्यवस्था छ।

रातिको समयमा सोभन्दा बढी तस्करी भएको आशंकामा नियन्त्रणको प्रयास गर्दा उक्त घटना भएको उनको भनाइ छ।

मृतकका दाजु रामचन्द्र साहले राति १ बजे चार पटक गोली चलेको आवाज सुन्दा सुरुमा पटाका पड्किएको ठानेको तर केहीबेरमै छिमेकीबाट फोन आएपछि घटनास्थल पुगेको बताए।

उनका अनुसार घटनास्थल पुग्दा विजको शव सिटी सफारीको चालक सिटमा ढल्किएको अवस्थामा थियो।

आरोपित सशस्त्र प्रहरी हवल्दार नवराज खतिवडाले फोनमार्फत घटनाबारे जानकारी दिँदै छटपटाइरहेको देखिएको उनको भनाइ छ। अनुगमन टोलीले घटनास्थल वरपरका स्थानीयवासीसँग समेत विस्तृत जानकारी लिएको छ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलको नेतृत्वमा गरिएको अनुगमन टोलीमा मानव अधिकार रक्षक सञ्जाल कोशीका संयोजक देवी बास्कोटा, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव, अधिकारकर्मी चुन्नी खातुन तथा पत्रकार अनिल श्रेष्ठ र पवन रौनियार सहभागी थिए।

यो पनि – सुनसरीमा मध्यराति गोली प्रहारबाट एक पुरुषको हत्या

यो पनि – सशस्त्रको गोलीबाट मृत्यु भएपछि सुनसरी तनावग्रस्त, छानबिन समिति गठन

यो पनि – सुनसरी गोली प्रकरण : शव परीक्षण गर्न धरान ल्याइयो, गोली प्रहार गर्ने सशस्त्र प्रहरी नियन्त्रणमा

यो पनि – सशस्त्र प्रहरीको गोली प्रहारबाट मृत्यु प्रकरण : सुनसरीको अवस्था सामान्य

यो पनि – सुनसरीमा गोली हान्ने एपीएफ हवल्दार पक्राउ, बीओपीमा कार्यरत सबै कर्मचारीलाई फिर्ता बोलाइयो

Tags: #अनुगमन#सुनसरीगोलीगोली प्रहारसशस्त्रसशस्त्र प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

इटहरी : कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई...

धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)
FEATURE BREAKING

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

विराटनगर : विराटनगरमा शनिबार आयोजना हुने ५९औँ राधाकृष्ण रथयात्राको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रथयात्राले धार्मिक आस्था, सांस्कृतिक मौलिकता,...

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.