इटहरी : सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगर तथा प्रतिबन्धित औषधिसहित ६ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचका क्रममा सुनवर्षी नगरपालिका-२ का गोमा भेट्वाल, रोहन यादव र एकवाल खान मियालाई ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
यस्तै, इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका-४ का हिरा साहलाई ७६० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
उता, वडा प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका-२० का जीवन राई र क्रिष श्रेष्ठलाई प्रतिबन्धित औषधि ट्रामोल ४०० क्याप्सुल र स्पास्पेन ४०० ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।













Discussion about this post