इटहरी : इटहरी निवासी पत्रकार सुरेशचन्द्र दाहाललाई पितृशोक परेको छ।
पूर्वेली न्यूजका प्रबन्ध निर्देशक दाहालका पिता गोपिरमण दाहालको शनिवार राति ६८ वर्षको उमेरमा निधन भएको हो।
उनी पछिल्लो दुई वर्षदेखि मधुमेह (सुगर) रोगबाट पीडित थिए। स्वा
स्वर्गीय दाहालका दुई छोरा, सुरेशचन्द्र र योगेश तथा एक छोरी छन्। उनको आइतवार इटहरीस्थित बूढीगंगा–जमुना मुक्ति घाटमा दाहसंस्कार गरिएको छ।












Discussion about this post