इटहरी : बहालवाला जनप्रतिनिधिले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा निर्वाचन आयोगले स्पष्ट पारेको छ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर्ता गराउनु अघि राजीनामा दिइराख्नु नपर्ने र उम्मेदवारी दर्ता भएपछि भने उक्त पद स्वतः गुम्ने जनाएको छ।
आयोगका अनुसार सङ्घीय संसदको सदस्य, प्रदेश सभा सदस्य, गाउँ सभाको सदस्य वा नगर सभाको सदस्य पदमा बहाल रहेको व्यक्तिले सङ्घीय संसद वा प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयनपत्र दर्ता भएपछि पदबाट स्वतः पदमुक्त भएको मानिनेछ।














Discussion about this post