इटहरी : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभित्र इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका सबै प्रकारका हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार हातहतियार तथा खरखजाना निर्वाचन सम्पन्न भएपछि फिर्ता हुने गरी २०८२ माघ २१ गतेभित्र नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा बुझाउन निर्देशन दिएको हो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, शान्तिपूर्ण तथा भयरहित रूपमा सम्पन्न गर्न निर्देशन जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
तोकेको समयसीमाभित्र हातहतियार तथा खरखजाना नबुझाएमा नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सबै सम्बन्धित पक्षलाई सहयोग गर्नसमेत सबै पक्षलाई आग्रह गरिएको छ।















Discussion about this post