इटहरी : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
दुई दिनअघि धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएका उनले आज (मंगलवार) उम्मेदवारी दर्ता गराएका हुन् ।
समर्थकहरूसहित निर्वाचन आयोगको कार्यालय पुगेर साम्पाङले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयनपछि प्रतिक्रिया दिँदै साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने दाबी गरे।














Discussion about this post