इटहरी : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. १ बाट विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सुजेन्द्र तामाङलाई उम्मेदवारका रूपमा अघि सारेको छ भने नेकपा एमालेले टीका माङ्लेनलाई मैदानमा उतारेको छ।
त्यसैगरी नेकपाबाट सूर्यबहादुर भट्टराई (मनोज)ले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोमा तामाङ (सरिन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उद्धव श्रेष्ठ ले उम्मेदवारी दर्ता गरेका छन्।
उक्त निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले पनि उम्मेदवारी दर्ता गराएका छन्।
साम्पाङको उम्मेदवारीले सो निर्वाचन क्षेत्रलाई विशेष चासोका रूपमा हेरिएको छ।
बहुदलीय प्रतिस्पर्धा रहेको यस क्षेत्रलाई चुनावी रूपमा महत्वपूर्ण र विशेष चासोका रूपमा हेरिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।














Discussion about this post