इटहरी : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ४ बाट विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले ज्ञानेन्द्रबहादुर कार्कीलाई पुनः चुनावी मैदानमा उतारेको छ।
कार्की यसअघि दुईपटक सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन्।
नेकपा एमालेले भने जगदीश कुशियैतलाई उम्मेदवार बनाएको छ। यसअघिको निर्वाचनमा पनि कार्की र कुशियैतबीच प्रतिस्पर्धा भएको थियो।
एमालेले प्रारम्भमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका डा. अब्दुल हुसैनलाई टिकट दिने निर्णय गरेको थियो।
तर, उक्त निर्णयको चौतर्फी विरोध भएपछि अन्ततः कुशियैतलाई उम्मेदवार बनाइएको हो।
यसैगरी नेकपाबाट महमद महफुज अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्।














Discussion about this post