इटहरी : आगामी २१ फागुनमा हुने निर्वाचनका लागि कोशी प्रदेशका १४ वटा जिल्लाका २८ वटा निर्वाचन क्षेत्रबाट ५०४ जनाले उम्मेदवारी पेस गरेका छन् ।
जसमध्ये सबैभन्दा बढी मोरङ जिल्लामा ११८ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा समान १२–१२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कहाँ कति ?
१. ताप्लेजुङ: १३ जना
२. पाँचथर: १५ जना
३. इलाम: (क्षेत्र नं १ मा १३ र क्षेत्र नं २ मा १४) गरी जम्मा २७ जना
४. झापा: (पाँचवटा क्षेत्र गरी) जम्मा ८६ जना
५. संखुवासभा: १६ जना
६. तेह्रथुम: १२ जना
७. भोजपुर: १२ जना
८. धनकुटा: १८ जना
९. मोरङ: ११८ जना
१०. सुनसरी: चारवटा क्षेत्रमा १०९ जना
११. सोलुखुम्बु: १२ जना
१२. खोटाङ: १५ जना
१३. ओखलढुङ्गा: १६ जना
१४. उदयपुर: दुईवटा क्षेत्रमा ३१ जना



















Discussion about this post