धरान : जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले धरान उपमहानगरपालिका-२ स्थित चिनियाँ चोकमा चेकजाँचका क्रममा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।
रत्नारोडबाट पुरानो बजारतर्फ जाँदै गरेको प्र. १-०२-०४६ प ८९९१ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर जाँच गर्न खोज्दा चालक मोटरसाइकल त्यहीँ छाडेर फरार भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार जिल्ला धनकुटा चौबिसे गाउँपालिका–७ की ३३ वर्षीया मनमाया लिम्बूले बोकेको कालो झोलाबाट ९ किलो ३ सय ग्राम गाँजा फेला परेको हो।
लागूऔषध र मोटरसाइकलसहित लिम्बूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
फरार चालकको खोजतलास कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।













Discussion about this post