इटहरीकी गीता भट्टराई झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
इटहरी ५ पचरुखीकि भट्टराई आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकि भट्टराई झुण्डिएको अवस्थामा मृत भेटिएकी थिईन् ।
पारिवारिक सदस्यले साँझ ५ बजे ढोका खोल्न आग्रह गर्दा नखोलेपछि झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा सलले पासो लगाएर झुण्डिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय साहित्य सृजना समेत गर्दै आएकी भट्टराईको एक छोरा र एक छोरी रहेका छन् ।
Discussion about this post