Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पूर्वी नेपालमा क्यान्सर उपचार विस्तारका लागि ‘विराट क्यान्सर सिम्पोजियम २०२६’ सम्पन्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०८२
in विविध, समाचार
0
पूर्वी नेपालमा क्यान्सर उपचार विस्तारका लागि ‘विराट क्यान्सर सिम्पोजियम २०२६’ सम्पन्न
70
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : पूर्वी नेपालमा क्यान्सर उपचारको दायरा विस्तार गर्ने उद्देश्यसहित विराट क्यान्सर इन्स्टिच्युटको आयोजनामा ‘विराट क्यान्सर सिम्पोजियम २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।

विश्व क्यान्सर दिवसलाई लक्षित गरी आयोजित सिम्पोजियमले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले जनाएको छ।

सिम्पोजियममा जटिल क्यान्सर केसहरूको सफल उपचार अनुभव आदान–प्रदान गरिएको थियो। क्यान्सर उपचारमा देखिएका चुनौती, आधुनिक प्रविधिको प्रयोग, नवीन उपचार पद्धति तथा क्लिनिकल अभ्यासमा आएका नयाँ शोधबारे विशेषज्ञहरूबीच गहन छलफल भएको थियो।

साथै, बहु–विषयक उपचार दृष्टिकोणलाई प्रभावकारी रूपमा लागू गर्ने विषयमा विभिन्न प्रस्तुति दिइएको थियो।

आयोजकका अनुसार पूर्वी नेपालमा क्यान्सर उपचारलाई केवल ‘रेडियसन’ मा सीमित नराखी बहु–विषयक पहुँचसम्म विस्तार गर्दै बिरामीलाई गुणस्तरीय तथा विश्वस्तरीय सेवा प्रदान गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।

नेपाल मेडिकल एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्कीले पूर्वी नेपालमा विगत पाँच वर्षमा क्यान्सर उपचारमा उल्लेखनीय फड्को मारिएको उल्लेख गर्दै भने, “स्वास्थ्य र क्यान्सर उपचारको क्षेत्रमा सरकारले गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रबाट राम्रो सेवा दिइनु सकारात्मक पक्ष हो। विराट क्यान्सर इन्स्टिच्युटले छोटो समयमै धेरै क्यान्सर बिरामीको सफल उपचार गरेको देख्दा खुसी लाग्छ।”

भरतपुर क्यान्सर अस्पतालका एक्जुकेटिभ डाइरेक्टर तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले क्यान्सर उपचार बहु–विषयक प्रयासबाट मात्र सम्भव हुने बताए।

“क्यान्सरको उपचार एकजना चिकित्सकले मात्रै सम्भव हुँदैन, विभिन्न विषयका चिकित्सकहरूबीच समन्वय हुँदा मात्र सफल उपचार सम्भव हुन्छ,” उनले भने।

सिम्पोजियमका प्रोग्राम को–अर्डिनेटरका रूपमा प्रो. डा. नरेन्द्र पण्डित, डा. अस्मिता रायमाझी, डा. राहुल महतो, डा. प्रेरणा अर्ज्याल काफ्ले र डा. भरतमणी पोखरेल रहेका थिए।

कार्यक्रममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिल विक्रम कार्की, डा. उज्ज्वल चालिसे, डा. प्रभु प्रसाद शाह, डा. अम्बुज कर्ण, डा. देजकुमार गौतम लगायतका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहेको थियो।

Tags: विराट टिचिङविराट मेडिकल कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    242 shares
    Share 97 Tweet 61
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    236 shares
    Share 94 Tweet 59

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.