मोरङ : मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार रंगेली–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले धनपट्टीस्थित ससुराली घर पुगेर पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन्।
मुकेश बेलुका ससुराली पुगेका थिए।
प्रहरीका अनुसार घरेलु विवादका क्रममा कुटपिटपछि मुकेशले चक्कु प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कु प्रयोग गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गरिरहेको छ।
घटनाको वास्तविक कारण र अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए।
प्रहरीले थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण सार्वजनिक गरिने जनाएको छ।












Discussion about this post