मोरङ : मोरङको ग्रामथान गाउँपालिका–५ सोमबारेबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी तेतरीयाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००२ ह ३९७३ नम्बरको सिटी सफारीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा चालक सुन्दरहरैचा नगरपालिका–११ का रन्जित साह र सवार सोही स्थानका बैजनाथ औषधी पसलका सञ्चालक भकुलाल विश्वास थारुको साथबाट प्रतिबन्धित औषधी फेला पारेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट स्पास्पेन १ हजार ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार २० क्याप्सुल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि प्रतिबन्धित औषधीको अवैध ओसारपसार तथा कारोबारको आशंकामा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post