धरान : लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले धरानबाट चार जनालाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–९ बगैचा लाइन क्षेत्रबाट लागूऔषध स्पास्मो प्रोक्सीभोन–प्लस ३६० क्याप्सुलसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका–५ का १८ वर्षीय जसिम अकतर, सोही स्थानका १८ वर्षीय सरफराज आलम, धरान उपमहानगरपालिका–१९ का २८ वर्षीय विकास बुढाथोकी र सोही स्थानका ४१ वर्षीय हेमन्त लामा रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











Discussion about this post