धनकुटा : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा पहिलोपटक एउटा मतदान केन्द्र पूर्ण रूपमा महिला कर्मचारीमार्फत सञ्चालन गरिने भएको छ।
धनकुटा नगरपालिका–६ स्थित बहुउद्देश्यीय सामुदायिक भवन आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्नामले जानकारी दिए।
जिल्लाका ११९ मतदान स्थलमा १६६ मतदान केन्द्र कायम गरिएका छन्। ती मध्ये यो केन्द्रमा मात्र सबै महिला कर्मचारी खटाउन लागिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो केन्द्रमा मतदान अधिकृत इन्दिरा खड्का बुढाथोकी, सहायक मतदान अधिकृत निलुशा अधिकारी तथा सहायक कर्मचारी रिता पाण्डे, रमा ढुङ्गाना र अम्बिका राई खटिनेछन्। सहयोगी कर्मचारीको रूपमा सीता राई रहने जनाइएको छ।
अन्य मतदान केन्द्रमा भने मिश्रित रूपमा कर्मचारी परिचालन गरिने तयारी छ। धनकुटामा यस निर्वाचनका लागि कुल ९९६ कर्मचारी खटाउने योजना रहेको निर्वाचन कार्यालयले जनाएको छ।













Discussion about this post